अर्थ मन्त्रालयका उपसचिव ढुंगानाविरूद्ध मुद्दा दायर

Akhtiyar aayog
लाेकपाटी न्यूज

काठमाडौं, १८ पुस। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगानाविरूद्ध मुद्दा दायर गरेको छ। ढुंगाना र उनकी श्रीमतीविरूद्ध ४ करोड ६८ लाख ४८ हजार ५ सय ५६ रुपैयाँ बिगो माग्दै अख्तियारले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

उपसचिव ढुंगानाले पदमा बहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरेको पुष्टी भएको अख्तियार दुरुपयोग आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले विज्ञप्ति निकाली जानकारी दिएका छन्। ढुंगानाले स्रोत नखुल्ने सम्पत्ति उनले आफूलगायत श्रीमती मधुको नाममा राखेको अख्तियारले जनाएको छ।

ढुंगानासँग गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्तिको बिगो जफत गरी पाउन पनि अख्तियारले माग गरेको छ। मधुका नाममा रहेको गैरकानुनी रूपमा आर्जित सम्पत्ति पनि जफत गर्न अख्तियारको माग छ। ढुंगानाले सार्वजनिक सेवामा प्रवेश गरेको मिति (२०४९) देखि २०७५ सम्म आर्जन गरेको वैध आय ७९ लाख ५४ हजार ७ सय ९५ रुपैयाँ हुने जनाउँदै अख्तियारले तर उक्त अवधिमा उनले गरेको खर्च तथा लगानी ५ करोड ४८ लाख ३ हजार ३५१ अस्वभाविक देखिएको र त्यसमध्ये ४ करोड ६८ लाख ४८ हजार ५५६ रुपैयाँको स्रोत नखुलेको जनाएको छ।

Bigepti

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्