दश वर्षीय गुरु योजना अलपत्र

pic
लाेकपाटी न्यूज

उपेन्द्र न्यौपाने\ जुम्ला, १६ पुस । नेपाली भाषाको उद्गमस्थल सिञ्जाको १० वर्षीय गुरु योजना कार्यान्वयन नभएर अलपत्र अवस्थामा रहेको छ । सिञ्जा क्षेत्रलाई धार्मिक, सांस्कृतिक, पर्यटकीय र आधुनिक विकास गर्नका लागि तत्कालिन जिल्ला विकास समितिले तयार पारिएको (सन् २०१२ देखी २०१२) को गुरु योजना कार्यान्वयन नभएकोमा त्यहाँको पर्यटकीय पूर्वाधारमा जोड नदिएको स्थानीयको गुनासो छ।

सिञ्जा क्षेत्रको विकासको लागि जुम्ला सामाजिक विकास केन्द्रले २०६५ सालमा गुरु योजना बनाएर जिल्ला विकासलाई हस्तान्तरण गरेपनि कार्यान्वन हुन नसक्नुमा बिडम्बना रहेको स्थानीय सिञ्जा निवासी तथा जुम्ला सामाजिक विकास केन्द्रका अध्यक्ष भक्तबहादुर बोगटिले जानकारी दिए।  गुरुयोजनामा ३०४ वटा सिञ्जामा पर्यटकीय पूर्वाधार उल्लेख छन्। सन २०१२ देखी २०२२ सम्म कार्यान्वयन हुनुपर्ने भए पनि स्थानीय तहले नत यसको चासो दिएका छन्। नत सरोकारवाला निकायहरुले प्रथामिकता दिएका छन्।

गुरुयोजनामा सिञ्जा क्षेत्रमा चारलेन सडक निर्माण, तटबन्ध निर्माण, ओझेलमा परेका मठमन्दिर व्यवस्थित गर्ने, संग्रहालय निर्माण, स्नातकोत्तर अध्ययन गर्ने कलेज स्थापना, पर्यटकहरु विरामी भएमा औषधि उपचारका लागि अस्पताल निर्माण, धार्मिक मठमन्दिरको संरक्षण गर्ने, पशु चौपायाको संरक्षण स्थल निर्माण लगायतका विषयहरु उल्लेख गरिएको बताइएको छ।

यहाँको कनकासुन्दरी मन्दिर, विराटदरवार, पाण्डफ गुफाको गरुड नुहाउनि मन्दिर, वाणगंगा मन्दिर, पवित्र तीर्थस्थल मानिन्छ। छरिएका बेवारिसे अवस्थाका ढुङ्गे खम्बा, देवल, मुग्राहा, प्राचीन बस्तीका भग्नावशेषको संरक्षण हुन नसक्दा सिञ्जा पर्यटकीय गन्तव्यमा ढिला भएको छ। गुरुयोजना अंग्रेजीमा भएको र नेपालीकरण गर्नुपर्ने आवश्यक रहेको जानकारी दिए।

सिञ्जाका प्रमूख पर्यटकीय स्थलहरू पाण्डवगुफा, बिराट दरबार, कनकासुन्दरी मन्दिरलगायत अहिले बेवारिसे अवस्थामा छन्। स्पष्ट गुरुयोजनाको काम अगाडि नबढेपछि सिञ्जामा बोलिने भाषा, त्यहाँको सभ्यता, त्यहाँका पर्यटकीय स्थल, धार्मिक स्थल, पुराना दरबारहरू संकटमा पर्दै आएकाले गुरुयोजना कार्यान्वयन गरिनुपर्ने स्थानीयको माग रहेको छ ।

गुरुयोजना भने जिल्ला समन्वय समितिमा खोजेर कार्यान्वयन आवश्यक रहेको जिल्ला समन्वय समिति जुम्लाका उपप्रमूख कार्मा बुढाले जानकारी दिए। योजनाको एक कपि भने अहिले गुरुयोजना निर्माण गर्ने संस्था जुम्ला सामाजिक विकास केन्द्रमा रहेको छ। सरकारले पर्यटन भ्रमण वर्ष शुरुवात गर्नै लाग्दा सिञ्जा उपत्यका एक पर्यटकीय केन्द्र हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्