बालुवाटारमा ओली–प्रचण्डबीच भेटघाट

oli and prachanda
लाेकपाटी न्यूज

काठमाडौं। प्रतिनिधिसभाको सभामूख चयनबारे अहिले (मंगलबार बिहान) सत्तारूढ नेपाल कम्युनस्टि पार्टी (नेकपा) का दुई अध्यक्षबीच छलफल भइरहेको छ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा छलफल भइरहेको हो।

दुई अध्यक्षबीच केही बेरअघि भेटवार्ता सुरु भएको छ। दुई अध्यक्षबीच सभामुख चयनलगायत समसामयिक विषयमा कुरा हुने बताइएको छ।

नेकपा भित्र सभामुख पूर्व एमाले वा पूर्व माओवादी कसले लिने भन्नेमा नेताहरू अझै सहमतिमा पुग्न सकेका छैनन्।