कृषिलाई बढी रोजगारमूखी बनाऊँ : घनश्याम भुसाल

Ghana Shyam Bhusal
लाेकपाटी न्यूज

काठमाडौं, १४ पुस। कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले कृषि जटिल विषय भएकोले आफैँ नगरी नहुने बताएका छन्। उनले कृषिको समस्या नसुल्झीकन मुलुक विकसित नहुने र विकास गर्न संभवसमेत नहुने बताए।

मन्त्री भुसालले नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको ‘नेपालमा कृषि क्षेत्रका व्यवसायीकरणमा निजी क्षेत्रको भूमिका’ विषयक अन्तरक्रियामा बताएका हुन्। मन्त्री भुसालले कृषि उत्पादनमा वृद्धि गरि कसरी रोजगारी सृजना गर्न सकिन्छ त्यसबारे नीजि क्षेत्रको राय माग गर्दै सबै सरोकारवालासँग छलफल गरी कृषिको विकासमा आफू दृढ संकल्पित रहने बताए। नीजि क्षेत्रले समेत असल अभ्यास नगरेको कारणले केही क्षेत्रमा हाल समस्या देखिएको बताउँदै उनले समाधानका लागि एकिकृत रुपमा सरकार, नीजि क्षेत्र, सहकारी क्षेत्र मिली सम्बोधन गरिने बताए ।

साथै मन्त्री भुसालले आर्थिक उपार्जन गर्ने कृषि क्षेत्र बलियो नभइ मुलुक विकसित नहुने र परम्परागत सोच, शैली र व्यवहारमा परिवर्तन गरी कृषिलाई बढी रोजगारमूखी बनाउनुपर्ने बताए।  सो अवसरमा चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले कृषि कर्जाको सहज, सरल र सस्तोमा उपलब्धता हुनु पर्ने उल्लेख गरे।

उनले कृषि विज, विउहरु खरीद गर्न सस्तो सुलभ र सहुलियनपूर्ण व्यवस्था हुन सरकारले अनुदान दिनु पर्ने बताए ।कृषि उत्पादनमा भन्सार शुल्क वृद्धि हुँदाउपभोक्ता बढि मारमा पर्ने हुँदा नेपालमा नै कृषि बस्तु उत्पादन भएमा आयातित बस्तु प्रतिस्पर्धी हुन् नसक्ने अध्यक्ष श्रेष्ठको भनाइ थियो । उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण योजना सफल बनाउनुका साथै प्याज अभियानको रुपमा उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा चेम्बर समितिका सभापति कृष्णमान श्रेष्ठले कृषि क्षेत्रमा सस्तो ब्याजदर, बजारीकरण, श्रम लागत श्रमिकले आफै लिन सक्ने, नार्कको भूमिका, प्राइभेट लिमिटेडमा आयकर छुट दिनुपर्ने, अनिवार्य प्यानको व्यवस्था कृषिमा हट्नुपर्ने, बीमा कृष मैत्री हुनुपर्ने, कृषि कर्जाको संरक्षण हुनुपर्नेमा बुँदागत सुझाव पेश गरे । सो अवसरमा चेम्बरका पदाधिकारी, कृषि समितिका सदस्यहरु, कृषि उद्यमी व्यवसायी र नीजि क्षेत्रका सरोकारवालहरुले समेत आफ्नो सुझाव पेश गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्