एमसीसी सम्झौता संसदबाट पास हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

pradip gyawali pic
लाेकपाटी न्यूज

काठमाडौं, १४ पुस। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मेलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट पास हुने बताएका छन् । मन्त्रलायमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले सरकारको धारणा स्पष्ट रहेको हुँदा एमसीसी सम्झौता संसदबाटै पास हुने बताएका हुन्।

उनले एमसीसीबारे सकारात्मक बहस गर्न समेतआग्रह गरे। मन्त्री ज्ञवालीले कसले के के भने त्यसलाई नहेरेर एमसीसी हामीलाई आवश्यकता हो की होइन भन्ने तीर ध्यान दिनुपर्ने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्