काठमाडौं, १४ पुस। जेसीज महाधिवेशनमा चितवनको रत्ननगर गएका काभ्रे जेसीजका उपाध्यक्ष कृष्णकुमार मानन्धर ईनारमा मृत फेला परेका छन्। कार्यक्रममा सहभागी हुन् चितवन गएका काभ्रे जेसिजका कार्यकारिणी उपाध्यक्ष मानन्धरको शव आइतबार बेलुका रत्ननगर वडा नम्बर १ र ९ को सीमानामा रहेको नहर छेउमा रहेको ईनारमा भेटिएको हो।
यसैबीच प्रहरीले मानन्धरको शव ईनारबाट बाहिर निकालेको छ। आइतबारनै घटना थाहा भएपनि प्रहरीले सोमबार मात्रै परिवारको रोहवरमा शव इनारबाट बाहिर निकालेको हो। उता ईलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक भावेष रिमालले शव इनारबाट निकालिएको जानकारी दिँदै पोष्टमार्टम रिपोर्ट र अनुसन्धानबाट अझ थप रहस्य खुल्ने जानकारी दिए ।



लाेकपाटी न्यूज
