काठमाडौं, ११ पुस, । काठमाडौंको टोखा नगरपालिका ६ ग्रिनल्याण्डमा घरको छतबाट खसेर ५ वर्षीया बालिकाको मृत्यु भएको छ। स्थानीय ग्रिनल्याण्ड स्कूलमा अध्ययनरत अनिषा पौडेलको मृत्यु भएको हो। महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेश लम्सालले दिएको जानकारी अनुसार बुधबार पौडेल स्कुलबाट फर्किएर खेलिरहेका बेला ५ तलामाथिबाट खसेकी थिइन्।
छतबाट खस्दा कम्पाउण्डको बारमाथि लगाइएको धारिलो रडमा उनी खोपिएकी हुन्। ‘प्रहरी र स्थानीयले केहीबेरमै रड काटेर बालिकालाई ग्राण्डी अस्पताल पुर्याएका थिए’, लम्सालले भने, ‘तर, अस्पतालले मृत घोषित गरिदियो ।’



लाेकपाटी न्यूज
