शिक्षालाई पनि विकास निर्माणसँग जोड्नुपर्छ : मन्त्री पोखरेल

Girirajmani pokharel
लाेकपाटी न्यूज

काठमाडौं, ८ पुस । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई पनि विकास निर्माणसँग जोड्नुपर्ने बताएका छन्। मंगलबार भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा मन्त्री पोखरेलले हिजोको जस्तो सामान्य ढङ्गले शिक्षामा गुणात्मक सुधार नहुने बताएका हुन्।

नेपालको इतिहासमा पहिलो पटक एकीकृत शिक्षा नीति आएको भन्दै सामुदायिक विद्यालयलाई सबलीकरण कार्यक्रमको घोषणा गरेको बताए। सामुदायिक विद्यालयलाई सबलीकरण गर्ने आयाम सरकारका तर्फबाट कार्यान्वयनको प्रक्रियामा लगिएको जानकारी दिए।

फरक प्रसङ्गमा शिक्षामन्त्री पोखरेलले मेडिकल शिक्षा अध्ययनरत विद्यार्थीको मागका सम्बन्धमा सरकारले ठिक कदम चालेको बताए। कतिपय कलेजमा शुल्कको समस्या समाधान भएको भन्दै उनले बाँकी रहेका कलेजको समस्या पनि छिट्टै टुंगिने बताए। उनले २०७४ सालदेखि लिइएको बढी शुल्क तत्काल फिर्ता र २०७२ देखिको हकमा आयोगको रिपोर्टका आधारमा निर्णय गरिने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्