खिजिदेम्बा विमानस्थलमा परीक्षण उडान सफल

Khijidemba
लाेकपाटी न्यूज

काठमाडौं। ओखलढुङगाको खिजिदेम्बा विमानस्थलको निर्माणकार्य पूरा भइ सोमबार परीक्षण उडान गरिएको छ।

पर्यटनमन्त्री योगेश भट्टराईले चण्डेश्वरीमा निर्माण भएको खिजिदेम्बा बिमानस्थलको सोमबार सफलतापूर्वक परीक्षण उडान भएको जानकारी दिए।

विमानस्थललाई छिट्टै नियमित उडान गर्नेगरी पार्न निर्माण कार्यलाई तीव्रता दिइने पर्यटन मन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।

तस्बिर पर्यटन मन्त्रि योगेश भटराइ/फेसबुक
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्