गणेश लामा र रमेश बाहुन समूहका २ गुण्डा सदस्य पक्राउ

Ramesh_bahun_ganesh_Lama
लाेकपाटी न्यूज

काठमाडौं, ६ पुस। काठमाडौं प्रहरीले गुण्डा नाइके गणेश लामा र रमेश वाहुन समूहका २ जना ‘सदस्य’लाई पक्राउ गरेको छ। व्यवसायीहरुलाई धम्क्याएर जबरजस्ती चन्दा असुल गर्ने गरेको भेटिएपछि महानगरीय अपराध महाशाखाको टोलीले २ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गुण्डा नाइके रमेश बाहुन समूहका दूर्गा राई छन्। राई हातहतियार तथा खरखजाना मुद्दामा ५ वर्ष जेल जीवन विताएर रिहा भएका अभियुक्त समेत हुन्। प्रहरीका पछिल्लो समय उनले राजधानी काठमाडौंको कोटेश्वर क्षेत्रमा चन्दा आतंक तीव्र पाएका थिए।

यस्तै, गणेश लामा समूहबाट हाल दावा लामा समूहमा आएका अर्का ‘गुण्डा’ विष्णु धिताललाई पनि प्रहरीले पक्राउ गरेको छ। धिताललाई शुक्रबार साँझ पेप्सीकोला क्षेत्रबाट पक्राउ गरिएको महानगरीय अपराध मशाखाका प्रमुख एसएसपी शहकुल थापाले जानकारी दिए।

थापाका अनुसार दावा लामा समूहका धितालले पनि पछिल्लो समय गिट्टी तथा बालुवासँग सम्बन्धित व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई धम्क्याएर चन्दा संकलन गर्ने गरेका थिए। प्रहरीले पक्राउ परेका दुबैजना विरुद्ध आइतबार म्याद थप गरेर अनुसन्धान थाल्ने जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्