प्रेस सङ्गठनले बोलायो राष्ट्रिय भेला

press_sangathan_logo
लाेकपाटी न्यूज

काठमाडौं, ५ पुस । प्रेस सङ्गठन नेपालको एकतापछि शपथ ग्रहण प्रथम राष्ट्रिय भेला तथा कार्यक्रम यही पुस १२ गते काठमाडौँमा हुने भएको छ। भेलामा सङ्गठनका केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय आयोगका सदस्य, प्रदेश कमिटीका पदाधिकारी, जिल्ला (प्रतिष्ठान र एसोसिएट) का संयोजक र सहसंयोजक सहभागी हुने केन्द्रीय सह(संयोजक गणेश बस्नेतले जानकारी दिए।

सङ्गठनका संयोजक महेश्वर दाहाल र सह(संयोजक बस्नेतले गत मङ्सिर १० गते केन्द्रीय कमिटीलाई पूर्णता दिई प्रदेश र जिल्लास्तरमा एकता गर्न निर्देशन दिएका थिए। भेलामा सचिवालयका नेताहरु, तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र) का प्रचार विभागका प्रमुखसमेतलाई आमन्त्रण गरिएको छ।

तत्कालीन प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकता भई २४९ सदस्यीय प्रेस सङ्गठन नेपाल गठन भएको थियो । सङ्गठनको प्रदेश र जिल्लास्तरमा पूर्णताको काम लगभग सम्पन्न भएको छ। बस्नेतका अनुसार प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यता र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विशेष आतिथ्यतामा भेला हुने तय भएको छ। रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्