काठमाडौं, २ पौष। प्रदेश नम्बर २ मा आगामी माघ ९ गते हुने राष्ट्रियसभा चुनावमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपालबीच सहकार्य हुने भएको छ। बुधबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दलको बैठकमा राष्ट्रियसभा चुनावमा दुई दलबीच सहकार्य गर्ने विषयमा दुई बुँदे सहमति भएको हो ।
सहमतिका दुई बुँदामा आगामी माघ ९ गते हुने प्रदेश नम्बर २ को राष्ट्रियसभा निार्वचनका लागि रिक्त हुने चार स्थानमध्ये अन्य पुरुष समूह र अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहको रिक्त दुई स्थानमा राष्ट्रिय जनता पार्टीका उम्मेदवारलाई नेकपाले सहयोग गर्ने तथा महिला र दलित पुरुष समूहको दुई स्थानमा राष्ट्रिय जनता पार्टी नेपालले नेकपाका उम्मेदवारलाई सघाउने सहमति भएको छ।
त्यस्तै, सहमतिको दोस्रो बुँदामा दुई पार्टीका बीचमा राष्ट्रिय राजनीतिका समसामयिक विषयहरुमा नियमित छलफल गर्ने र सहयर्काको प्रक्रियालाई अघि बढाउने उल्लेख रहेको छ।




लाेकपाटी न्यूज

