काठमाडौं। सिन्धुपाल्चोकको ६ किलो मोडमा बस दुर्घटना हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ।
दोलखाको कालिञ्चोक भ्रमणबाट भक्तपुर फर्कँदै गरेको बा ४ ख ४४६८ नम्बरको बस सुनकोशी गाउँपालिका –७ स्थित ६ किलो मोडमा आइतबार बिहान सवा ८ बजे दुर्घटना भएको हो।
बस झण्डै पाँच सय मिटर तल खसेको छ। घटनास्थलमा अहिलेसम्म १३ जनाको शव भेटिएको सिन्धुपाल्चेकका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गणेश खनालले बताए।
दुर्घटनामा १८ जना गम्भीर घाइते भएका छन्। उनीहरुलाई उद्धार गरेर धुलिखेल अस्पताल लगिएको छ। सडकबाट अन्दाजी ५०० मिटर तल खसेको बसमा कति यात्रु सवार थिए भन्ने खुलिसकेको छैन।
प्रहरी र स्थानीय अहिले घाइते यात्रुको उद्धारमा जुटेका छन्। सिन्धुपाल्चोकमा एक महिनाको बीचमा भएको यो अर्को दुर्घटना हो।



लाेकपाटी न्यूज
