काठमाडौं, २८ मंसिर। नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित भएको छ। शनिबार बस्ने भनिएको नेकपाको सचिवालय बैठक भोलिसम्मका लागि स्थगित भएको हो।
उपनिर्वाचनको समीक्षा, स्थायी कमिटी बैठकको कार्यसूची तथा बाँकी रहेका एकीकरणका कामको कार्यसूचीमा छलफल गर्न शनिबार सचिवालय बैठक बस्न लागेको थियो।
यसअघिको सचिवालय बैठकले मंसिर १४ गते उपनिर्वाचन भएका ठाउँबाट समीक्षात्मक प्रतिवेदन बुझाउन सम्बन्धित कमिटीहरुलाई निर्देशन दिएको छ।



लाेकपाटी न्यूज

