काठमाडौं, २८ मंसिर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शनिबार बस्दै छ। सत्तारुढ दल नेकपाको सचिवालय बैठक दिउँसो तीन बजे बोलाइएको हो।
नेताहरुको कार्यव्यस्तताका कारण शुक्रबार नै बस्ने तय भएको सचिवालय बैठक स्थगित गरिएको थियो। २९ मंसीरमा स्थायी कमिटी बैठक बोलाइएकाले एजेण्डा तय गर्न सचिवालय बोलाइएको छ।
मंसीर ५ मा पार्टी मोर्चा सञ्चालनको कार्यकारी अधिकार प्रचण्डलाई दिएपछि लगातार नेकपाको बैठक बसिरहेको छ। नेकपाले स्थायी कमिटीबाट पार्टी विधान र वैचारिक कार्यक्रम संशोधनको तयारी गरेको छ।



लाेकपाटी न्यूज

