मन्त्रिपरिषद् बैठकका १७ निर्णय

pm office
लाेकपाटी न्यूज

काठमाडौं, २६ मंसिर । मन्त्रिपरिषद्को बैठकले १७ वटा निणर्य गरेको छ। मंसिर २३ गते बसेको बैठकले विभिन्न १७ वटा निर्णय गरेको हो।

बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत् सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले १७ वटा निर्णयहरु सार्वजनिक गरेका हुन्।

झूटो विवरण पेश गरेर नागरिकता प्राप्त गर्ने जमालुदिन धुनियाको नागरिकता रद्ध गर्ने, १९ जिल्लाहरुमा प्रशासन सेवा समूहका कर्मचारीलाई सीडीओ तोक्ने, राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ९ गते गर्नेलगायत निर्णय पनि सरकारले गरेको छ।

यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत सञ्चालित विषादी अवशेष द्रुत विश्लेषण इकाइहरुको चालू आर्थिक वर्ष २०७६\७७ का लागि ८ राजपत्रांकित पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको छ।

12

11

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्