फेसअफ प्लस टु युवतीतर्फको उपाधि चौलागाईंलाई

Face Of Plus
लाेकपाटी न्यूज

काठमाडौं, २६ मंसिर। ‘फेसअफ प्लस टु २०१९’ को उपाधि युवतीतर्फ इन्साईट भिजन कलेजकी मनिता चौलागाईं र युवातर्फ जेएमसी कलेजका बु्रकिन थापाले चुमेका छन्। ग्रेस इन्टरनेश्नलले राजधानीकोे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा गरेको ‘फेसअफ प्लस टु २०१९’को अन्तिम प्रतिस्पर्धामा युवातर्फ लुम्बिनी कलेजका समिर दाहालले फष्ट रनर अप र इन्साईट भिजनका आकाश बुढाथोकीले सेकेण्ड रनर अपको उपाधि चुम्न सफल भए भने युवतीतर्फ फष्ट रनरअपको उपाधि केब्स कलेजकी इन्कला कार्की र सेकेण्ड रनरअपको उपाधि विनायक सिद्ध कलेजकी सायरा कार्कीले चुमिन्।

सुनौलो संसार म्यानेजमेन्टद्वारा आयोजित फेसअफ प्लस टुको यो दोस्रो संस्करणमा मिस्टर एण्ड मिस प्रसर्नालिटीमा चाँद बाघ कलेजका रूपेश बस्नेत भए भने केब्स कलेजकी इन्कला कार्की भइन्। मिस्टर एण्ड मिस फोटो जेनिकको उपाधी इन्साईट भिजनका कलेजकी मनिता चौलागाईं र विनायक सिद्ध कलेजका लोकेन्द्र महोतराले चुम्न सफल भए। मिस्टर एण्ड मिस कन्फिडेन्ट पुरूषबाट चाँदबाघ कलेजका रूपेश बस्नेत र महिलाबाट केब्स कलेजकी इन्कला कार्कीले चुमे।

यस्तैगरी मिस्टर एण्ड मिस फ्रेन्डसीपमा पुरुष तर्फबाट विनायक सिद्ध कलेजका सुरज खड्का र महिला तर्फबाट केब्स कलेजबाट सविता राई भइन्। मिस्टर एण्ड मिस स्टाइललिस्ट पुरुष तर्फबाट विनायक सिद्ध कलेजका सुरज खड्का र महिला तर्फबाट विनायक सिद्ध कलेजकै चादनी खड्का भइन्।

मिस्टर एण्ड मिस पपुलर पुरुष तर्फबाट विनायक सिद्ध कलेजबाट लोकेन्द्र महोतरा र महिलातर्फ त्यसै कलेजकी विद्यार्थी सायरा कार्की भइन्। मिस्टर एण्ड मिस बेस्ट वर्क पुरुष तर्फबाट विनायक सिद्ध कलेजबाट सुनिल परियार र महिलातर्फ मिङ्मा शेर्पा भइन्।

मिस्टर एण्ड मिस बेस्ट स्माइलमा पुरुष तर्फबाट जेएमसी कलेजका चेरी लामा र महिला तर्फबाट इन्साईट भिजनका कलेजकी नेहा शाही भइन्।यसैगरी मिस्टर एण्ड मिस कन्जिनारिटी उपाधी इन्साईट भिजनका बिधार्थी आकाश बुढाथोकी भए र महिलातर्फ चाँदनी खड्का भइन्। मिस्टर एण्ड मिस ब्युवर्स च्वाइस उपाधी विनायक सिद्ध कलेजबाट रोशनी भण्डारी र कल्पना श्रेष्ठ भइन्।

मिस्टर एण्ड मिस ट्यालेन्ट पुरुषतर्फ चाँदबाघ कलेजका रूपेश बस्नेत भए भने महिलातर्फ मिङ्मा शेर्पा भइन्। मिस्टर एण्ड मिस मल्टीमिडिया पुरुषतर्फ लुम्बिनी कलेजबाट रेवन दाहाल र महिला तर्फबाट विनायक सिद्ध कलेजकि सायरा कार्की भइन्। एनप्याब्सनका अध्यक्ष बिष्णु पराजुली प्रमुख अतिथि र विनायक सिद्ध कलेजका प्रिन्सिपल रामकृष्ण सिम्खडा तथा ग्रेस इन्टरनेटर नेसनलका प्रमुख एन्ड्रयु पौडेल विशिष्ट अतिथि रहेको कार्यक्रममा दुर्गाप्रसाद प्रसाई, अजय मल्ल ठकुरी, गुणराज प्याकुरेल, इच्छा कार्की, समिर धगौडा र सुरेन्द्र राजथला अतिथिहरू रहेका थिए।

रोजिन शाक्य र निशा श्रेष्ठले कोरियोग्राफी गरेको प्रतियोगितामा ड्रेस डिजाइन एबी गर्लले गरेको थियो।प्रतियोगिताको निर्णायकमा अजयसिंह ठकुरी, प्रिया रानी लामा, महेश ज्ञवाली र छिरिङ शेर्पाले रहेका थिए भने प्रतियोगिताको छनोटको निर्णकको भूमिका पूर्ण लामा, दीपक घिमिरे र निराजन थापाले गरेका थिए।
कार्यक्रममा फेसअप प्लस टु, २०१८का प्रतियोगिहरु र २०१९का प्रतियोगिहरुले एकैसाथ स्टेज सो गरेका थिए। उक्त सोको ड्रेस एबी गर्लले नै प्रदान गरेको थियो।

प्रतियोगिताले किशोर तथा किशोरीहरुमा आत्म विश्वास बढाउने, व्यक्तित्व विकास गराउने, वतृत्व कलाको विकास गराउने लक्ष्य लिएको आयोजक संस्थाका निर्देशक नारायण थापाले बताए। गेट वे कलेज मूख्य प्रायोजक रहेको यो प्रतियोगिताको सह-प्रायोजनमा लुम्बिनी कलेज र विनायक सिद्ध कलेज रहेका थिए। त्यस्तै आयम इन्टरनेशनल कलेज, विट्स एकेडेमी, केयू सिटी कलेज, सम्झना पव्लिकेशन प्रा.लि., चामुण्डा व्रिज कोर्स, केएसी कुुरीनरी आर्टस, फ्लाइटेक इन्टरनेशनल, आश म्युजिक कम्पनी, हट वेव सलुसन, चावहिल स्पोर्टस क्लव, ज्यागुएर सेकुरिटी, बुटिक पाट्नर अभियगल, नेशनल माउण्टेन भ्यु रिसोर्ट, ग्रान्ड नरलिङ होटलस् रिर्सोटलगायतको साथ सहयोगमा प्रतियोगिता सम्पन्न भएको निर्देशक थापाले बताए। कार्यक्रमा विभिन्न गीत सङ्गीत प्रस्तुत गरिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्