देशभरका विद्यालयको दरबन्दी मिलान

Girirajmani pokhrel
लाेकपाटी न्यूज

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सबै तहका विद्यालयहरुको दरबन्दी मिलान गरेको छ। शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बुधबार पत्रकार सम्मेलन गरी ८० पृष्ठको नीति सार्वजनिक गरेका हुन्। जसमा शिक्षकहरुको दरबन्दी मिलान सम्बन्धी पनि जानकारी गराएको छ।

मन्त्रालयले देशभर कायम रहेको प्राथमिक तर्फको दरबन्दी ८० हजार १ सय ७६, निम्न माध्यमिक तर्फको दरबन्दी १६ हजार २ सय ४४ र माध्यमिक तर्फको १२ हजार ७ सय २५ कायम गरेको छ। त्यस्तै साविकको उच्च माध्यमिकतर्फको दरबन्दी २ हजार तोकेको छ।

त्यस्तै प्राथमिकतर्फको राहत अनुदान कोटा २१ हजार ८ सय ७१, निम्न माध्यमिक तर्फको राहत कोटा ९ हजार ६ सय ९ र माध्यमिक तर्फको राहत अनुदान कोटा ६ हजार ८ सय ९८ छुट्याइएको छ।

त्यस्तै उच्च माध्यमिकतर्फको राहत अनुदान कोटा ४ हजार पुर्‍याइएको मन्त्रालयले जनाएको छ। त्यस्तै १ सय २३ स्थानीय तहबाट ४ हजार ८ सय ५२ दरबन्दी तथा राहत अनुदान कोटा अन्य स्थानीय तहमा हस्तान्तरण हुनेछन्। त्यस्तै १४ जिल्लाको ३ हजार ३ सय ५९ दरबन्दी, १५ जिल्ला भित्र एक स्थानीय तहबाट अर्को तहमा १ हजार ४ सय ९३ मिलान हुने छ।

स्थानीय तहभित्रको शिक्षकहरुको राहत तथा अनुदानको कोटाको मिलान भने सम्बन्धित स्थानीय तहले गर्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्