विप्लव नेकपाकी नेतृ रुचाल पक्राउ

mamata-ruchal
लाेकपाटी न्यूज

तनहुँ, २३ मंसिर । नेत्रविक्रम चन्द विप्लव नेकपाकी नेतृ ममता रुचाल पक्राउ परेकी छिन्। नेत्रविक्रम चन्द विप्लव निकट मानिने विद्यार्थी भातृ सङ्गठन अखिल क्रान्तिकारी तनहुँकी जिल्ला अध्यक्ष ममता रुचाललाई प्रहरीले आज पक्राउ गरेको हो।

सदरमुकाम दमौलीबाट प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेकी रुचालमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। पक्राउ परेकी रुचालको साथबाट पार्टीको पर्चा पम्प्लेटलगायतका सामग्रीहरु बरामत गरिएको प्रहरीले जनाएको छ।