गलकोटको हटियामा नयाँ सडकको उद्घाटन

galkot
लाेकपाटी न्यूज

थम्मन थापा\ बागलुङ , २१ मंसिर । गलकोट नगरपालिका ३ हटियामा नयाँ सडकको उद्घाटन गरिएको छ। वडा नंम्बर ३ भित्रका सम्पूर्ण गाउँहरुलाई जोडने लिङ्क रोडको रुपमा उक्त सडक निर्माण गरिएको हो।

टियाको बोहोराफाँट, कमेरेपानी, भुल्केपानी, घट्टेखोला हुँदै लमाई जोडने सडक झण्डै डेढ किलोमिटर रहेको वडा अध्यक्ष विरजंग भण्डारीले जानकारी दिए। सडक निर्माण भएसँगै एक गाउँदेखि अर्को गाउँसम्म पैदल र यातायात दुबैमार्फत् आवागमनमा सहजता हुने वडा अध्यक्ष भण्डारीले बताए।

त्यस्तै ग्रामिण क्षेत्रमा उत्पादन हुने वस्तुले पनि यातायात मार्फत् बजार पाउने वडा सदस्य झहर बहादुर खत्रीले बताए। खत्रीले भने गलकोट नगरपालिका वडा नम्बर ३ का विभिन्न धार्मिक तथा पर्यटकीय स्थलमा यो सडकले थप आवागमनमा आन्तरिक तथा बाह्य पर्यटकलाई सहजता प्रदान गर्नेछ। सडकको गलकोट नगरपालिकाका नगरप्रमूख भरत शर्मा गैरेले रिबन काटेर उद्घाटन गरेका थिए।

नगर प्रमूख गैरेले सार्वजनिक बस सेवा प्रयोग गरी सडक उद्घाटनको निमित्त त्यहाँ पुगेका थिए। सडक उद्घाटनपछि बोल्दै नगर प्रमूख गैरेले सडक विकासको मुख्य मेरुदण्ड भएको भन्दै क्रमश सडकको स्तरोन्नति गर्न गलकोट नगरपालिकाले महत्वपुर्ण भूमिका खेल्ने बताए। ग्रामिण क्षेत्रमा बन्ने यस्ता लिङ्करोडले स्थानीयको दैनिक जीवनमा सहजता थप्ने नगर प्रमूख गैरेको भनाइ छ।

कार्यक्रममा गलकोट नगरपालिका वडा नम्बर ३ का वडा सदस्य बेल बहादुर बोहोरा र सडक निर्माण समितिका सचिव हुम बहादुर बोहोराले मन्तव्य राखेका थिए। सडक निर्माणपछि स्थानियबासीहरु हर्षित भएको बोहोराफाँट, कमेरेपानी, भुल्केपानी, घट्टेकुलो लमाई सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष रिम बहादुर बोहोराले बताए।

सडक उद्घाटनको क्रममा पहिलोपटक गाउँमा बस पुग्दा स्थानीयले फुलमाला र अविरद्वारा भब्य स्वागत गरेका थिए। सडक उद्घाटन कार्यक्रममा जनप्रतिनिधी, स्थानीय समाजसेवी, पत्रकार, स्थानीय र आमा समूहका पदाधिकारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्