दुर्घटनाका घाइतेको अवस्था बुझ्न अस्पताल पुगे जनप्रतिनिधि

pic
लाेकपाटी न्यूज

हरि कुँवर/ अर्घाखाँची, २० मंसिर । मंसिर ११ गते सन्धिखर्कबाट बुटबल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको थियो।दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो भने ९ जना घाइते भएका थिए।

अर्घाखाँचीका स्थानीय जनप्रतिनिधिहरुले घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि अहिले सामाजिक सञ्जालमा प्रसंशा भएको छ। अर्घाखाँची जिल्लाबाट प्रतिनिधित्व गर्ने नेकपा प्रदेश कमिटी सचिवालय सदस्य तथा प्रदेश नम्बर ५ सभासद रामजीप्रसाद घिमिरे ,नेकपा प्रदेश कमिटी सचिवालय सदस्य तथा सन्धिखर्क नगर उपप्रमूख ठाकुर कुमार बिक, नेकपा जिल्ला सदस्य तथा सन्धीखर्क ९ का वडा अध्यक्ष देब बहादुर रायमाझी, प्रमूख जिल्ला अधिकारी विजराज पौडेल, शसस्त्र प्रहरी नायव उपरीक्षक माधव रेग्मी, प्रमूख अनुसन्धान अधिकृत विनय चतुर्बेदी, पत्रकार महासंघ ५ नम्बर प्रदेश सदस्य अशोक खनालले लुम्बिनी मेडिकल कलेज भैरहवा, अस्पतालमा पुगि घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

उनीहरुले घाइतेहरुको उपचारमा कुनै पनि कसर बाँकी नराख्न अस्पताललाई अनुरोध गरे। लुम्बिनी मेडिकल कलेज भैरहवामा सन्धीखर्क ४ कि ३ वर्षीया स्पश पोख्रेल, बाडगङा नगरपालिका कि २४ वर्षीया बिमला पोख्रेल, सन्धीखर्क ४ कि २३ वर्षीय सरस्वती भट्टराई , पाणिनि ८ का ४५ वर्षीय विष्णु बिक, सन्धीखर्क ६ का १५ वर्षीय अंकित थापाको उपचार भैरहेको छ।

त्यस्तै बुटवल चौराहा अस्पतालमा सनपा ६ कि २४ वर्षीया सपना कुँवर , सनपा ६ का साँढे २ वर्षीया सिजन कुँवर र घटनामा गम्भीर घाइते सन्धीखर्क ११ का कमल मुखिया र पाणिनि ८ कृष्ण बहादुर बिकको ग्राण्डी अस्पतालमा उपचार भैरहेको असोक खनालले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्