‘स्टेरिङ लक’ हुँदा गयो १४ को ज्यान

baglung
लाेकपाटी न्यूज

बागलुङ, १७ मंसिर । गुल्मीबाट बागलुङका लागि छुटेको लु१ज ५२१९ नम्बरको जिप बागलुङको बडिगाड गाउँपालिका ७ घोपर्नामा दुर्घटना हुँदा चालकसहित १४ जनाले ज्यान गुमाए। जिपमा १८ जना सवार थिए। देवाली (कुलपूजा) मनाउन उनीहरु बागलुङको देवीस्थान, बायखोलातर्फ जाँदै थिए।

तर, गन्तव्यमा पुगेनन्। देवाली (कुलपूजा) मनाउन उनीहरु बागलुङको देवीस्थान, बायखोलातर्फ जाँदै थिए। तर, गन्तव्यमा पुगेनन्। निर्धा्रित् स्थानभन्दा करिव १५ किलोमिटर वर उनीहरुले अकल्पनीय दुर्घटना व्यहोरे।

दुर्घटनामा परेका एक जना अझै बेपत्ता छन्। गम्भीर घाइते तीनजनालाई उपचारका लागि काठमाडौं लगिएको छ। गुल्मीको इस्मा गाउँपालिका ५, दोहोली रिप कैयापाटाबाट हिँडेका थिए। दुर्घटनास्थलबाट उनीहरुले तय गरेको गन्तव्य करिव १५ किमि पर पश्चिममा पर्छ।

जिप मध्यपहाडी लोकमार्गको सडकदेखि करिव ३५० मिटर तल बडिगाड खोलामा खसेको हो। सो स्थानमा सडक राम्रो छ। गएको वर्षमात्र कालोपत्र गरिएको थियो। जोखिमपूर्ण सडक छैन। ठूलो दुर्घटना निम्त्याउने खालको सडकको अवस्था देखिँदैन। तर, मंगलबार बिहान करिव १० बजेतिरको ठूलो दुर्घटनाले अपूरणीय क्षति पुर्‍यायो।प्रहरीले जिपको ‘स्टेरिङ लक’ हुँदा दुर्घटना भएको जनाएको छ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमूख, प्रहरी निरीक्षक सुरज खड्काले चालक ‘स्टेरिङ लक’ हुँदा दुर्घटना भएको अनुसन्धानबाट देखिएको जानकारी दिए। तीव्रगतिमा रहेको जिपको ‘स्टेरिङ लक’ भएपछि नियन्त्रण गुम्न पुगेको र खोलामा खसेको उनको भनाइ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्