सिके राउतको पार्टीका उम्मेदवारले कति मत पाए ?

CK raut
लाेकपाटी न्यूज

काठमाडौं, १६ मंसिर । जनमत पार्टीका अध्यक्ष सिके राउतले उपनिर्वाचनको परिणामलाई स्वीकार गरेका छन्। पहिला आफ्ना पार्टीका ६ जनासमेत नभएको स्थानमा ६०० मत हासिल गरेको भन्दै उनले उपनिर्वाचनमा आफ्नो पार्टीले ल्याएको परिणामलाई स्वीकार गरेका हुन्।

सोमबार आफ्नो फेसबुक पेजमा उनले आफूहरु अग्रगतिमा रहेको जनाएका छन्। उनले भनेका छन्, ‘के पिपरामा मनोनयनको एक महिना अघिसम्म हाम्रा पक्षमा ६ जना खुलेर आउने अवस्था थियो ?’ पिपराको कुनै वडा र टोलमा आफ्नो पार्टीको स्थानीय समितिसमेत नरहेको अवस्थामा उपनिर्वाचनमा आएको मत उत्साहजनक रहेको सिके राउतको भनाइ छ ।

उनले पार्टीको सदस्यता वितरण, समिति निर्माणजस्ता गतिविधिलाई प्राथमिकतामा राखेर दैनिक रुपमा मेहनत गर्नुपर्ने खाँचो पनि औंल्याएका छन्। उपनिर्वाचनमा प्रदेश २ मा पुराना दलबाहेक आकर्षणको केन्द्रमा थियो, सिके राउत नेतृत्वको जनमत पार्टी (जपा)।

केही समयअघिसम्म तराई–मधेशलाई नेपालबाट अलग गर्नुपर्ने अभियानमा लागेका राउत मूलधारको राजनीतिलाई स्वीकार गर्दै यसपटक चुनावी मैदानमा उत्रिएका थिए। यो निर्वाचन उनले उठाएका मुद्दालाई कति जनसमर्थन प्राप्त छ भन्ने परीक्षणका रुपमा हेरिएको थियो ।

जनमत पार्टी गठन गरी ‘लाउडस्पीकर’ चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका राउतले ९ जना उम्मेदवारहरुलाई चुनावी मैदानमा उतारेको थिए । तर, कुनै पनि उम्मेदवारहरुले सन्तोषजनक मत ल्याउन सकेनन्। कोही उम्मेदवार त झन शुन्य मतमा सिमित बनेका छन्।

हेर्नुहोस् जनमत पार्टीले ल्याएको मत

बलवा नगरपालिका – २ महोत्तरी

बिरेन्द्र कुमार साह – २२३

गढीमाई नगरपालिका – २ रौतहट

राधेश्याम साह बनिया – १२

बलवा नगरपालिका – ८ महोत्तरी

फुलकुमारी देवी – ९
बारागढी गाउँपालिका – १ बारा

शंकर प्रसाद चौधरी– ३

पिपरा गाउँपालिका अध्यक्ष – महोत्तरी

अंजनीदेवी मण्डल – ०

हरिपूर्वा नगरपालिका – १ सर्लाही

दिनेश राय यादव – ५२

कल्याणपुर नगरपालिका – १२ सिरहा

मो। अताउल रहमान – १६०

छिन्नमस्ता गाउँपालिका – ११ सप्तरी

दिनेशकुमार यादव – ११

धनपालथान गाउँपालिका – २ मोरङ

चनरादेवी मण्डल – १