वि.वि. श्रेष्ठ\ ९ तनहुँ । प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रमको स्वीकृत योजना कार्यक्रमहरुको विवरण आर्थिक वर्ष ०७६\०७७ को विनियोजन गरेका छन्। तनहुँ जिल्ला क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद कृष्ण कुमार श्रेष्ठले सांसद विकास कोषको रकम जिल्लाको विभिन्न क्षेत्रमा विनियोजन गरेका हुन्।
सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत व्यास नगरपालिकामा पराशर मोटरमार्ग कालोपत्रे गर्न ५० लाख, कालिका मोटरमार्ग का लागी ५ लाख, दमौली मुश्लिम समाज भवन निर्माणका लागी १५ लाख, राधे राधे अधुरो भवन निर्माण सम्पन्न गर्न १० लाख, आदिवासी जनजाती अधुरो भवन निर्माण सम्पन्न का लागी १० लाख, क्षेत्रि समाज अधुरो भवन निर्माण सम्पन्नकालागी १० लाख, वोटेटार खानेपानी आयोजनाका लागी १० लाख, वि पि विचार समाज अधुरो भवन निर्माण सम्पन्नका लागी १० लाख विनियोजन गर्नुभएको छ।
यसैगरी भानु नगरपालिकामा स्थानीय विकास साझेदारी कार्यक्रम अन्र्तगत भि सि शेर वहादुर मोटरमार्ग कालोपत्रे गर्नका लागी १ करोड, भतेरपुछार कालमिाटी खोल्सी खानेपानी आयोजनाका लागी १५ लाख, नगरपालिका स्तरीय कालीमाटी अस्पताल भवन निर्माणका लागी २० लाख, छतिमाने खानेपानी तथा सरसफाई आयोजनाका लागी १५ लाख, मिर्लुङ्गकोट भएर थान मन्दिर निर्माणका लागी १० लाख, मानेचौका आमा समुह भवन निर्माणका लागी १० लाख वजेट विनियोजन गर्नुभएको हो।
यसैगरि सांसद श्रेष्ठले वन्दिपुर गाउपालिकामा वन्दिपुर वडा कार्यलय पिच सडक निर्माण शिर्षकमा ५० लाख, ढाप्रे विरुवा मोटरमार्ग स्तरोन्नतीका लागी १० लाख, विमलनगर मरनघाट मोटरमार्ग गर्न १५ लाख, खड्गदेवी मन्दिर तामाको पाता छानो निर्माणका लागी १० लाख रकम छुट्टाउनुभएको हो।
आवुखैरेनी गाँउपालिका अन्र्तगत सांसद श्रेष्ठले राम शाह मरण घाट निर्माण गर्न ५० लाख, वौद्ध गुम्वा समाज भवन निर्माणका लागी १५ लाख, मार्किचोक नयाँगाँउ डुम्रिखर्क मोटरमार्ग तथा हिलेखर्क तथा आमासमुह भवन निर्माण गर्न २० लाख, जय डाँडा दुम्सिढुङ्गा व्रालुङ्ग वेशी मोटरमार्ग निर्माण गर्नका लागि १० लाख रकम विनियोजन ।
त्यस्तै सांसद श्रेष्ठले देवघाट गाँउपालिकामा देवघाट साउने कर्ताप मोटर मार्गका लागि ४० लाख, आमडाँडा मोहरिया लव्दी दोभान मोटरमार्गमा १५ लाख, देउपुर सामुदायिक भवन निर्माण गर्न १० लाख, कोट वैदी मास्दी खानीभित्ता मोटरमार्गका लागि १० लाख र छिपछिपे आमा समूह भवन निर्माणका लागि १० लाख विनियोजन गरेका छन्।
कुल २७ वटा आयोजनामा वजेट विनियोजन गरेका सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले समाज र देश निर्माणका लागि आफनो मासिक पारिश्रमिक वापतको रकम हरेक महिना जिल्लाका विभिन्न संघ संस्थालाई वितरण गर्दे आएका छन्। चुनावी प्रतिवद्धता अनुरुप नै आफूले आफनो पारिश्रमिक वापतको रकम वितरण गरेका कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले राजनीति समाज र देशका लागी गर्नु पर्ने बताए।



लाेकपाटी न्यूज

