‘अब सरकारले सचिव, सहसचिव र विभागीय प्रमूखलाई लिखित स्पष्टिकरण सोध्छ’

gokul-baskota
लाेकपाटी न्यूज

काठमाडौं, ८ मंसिर । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले विभागीय प्रमूखलाई बर्खास्त गर्ने संकेत गरेका छन्। सरकारको लक्ष्यअनुसार काम गर्न नसक्ने विभागीय प्रमूखलाई बर्खास्त गर्ने संकेत गरेका हुन्।

आज मन्त्रालयको समीक्षात्मक बैठकमा मन्त्री बाँस्कोटाले लक्ष्य अनुसारको कार्यप्रगति देखाउन सचिव, सहसचिव तथा विभागिय प्रमुखलाई निर्देशन दिएका छन्।अन्तिम समयमा विभिन्न बहाना देखाउने पुरानै शैली सरकारलाई स्वीकार्य नहुने भन्दै सचिव, सहसचिव तथा विभागिय प्रमूखलाई निर्देशन दिएका हुन्।

मन्त्री बाँस्कोटाले भौतिक, वित्तिय र पूँजीगत प्रगति हासिल गर्न नसकेका सचिव, सहसचिव र विभागीय प्रमूखलाई सरकारले लिखित स्पष्टिकरण सोध्नेसमेत चेतावनी दिए। उनले काम नगरी धेरै घुम्ने काम बन्द गर्न पनि निर्देशन दिए।

उनले प्रतिवेदन बुझाएपछि काम सकियो भनि ढुक्क नबन्न पनि सचेत गराए। उनले दोश्रो चौमासिक समिक्षामा बैठकमा ६६ प्रतिशत काम नसकाएका विभागिय प्रमूखहरु अयोग्य सावित हुने बताए। बैठकमा सञ्चार मन्त्रालय मातहतका निकायले आफ्नो कार्यप्रगति विवरण पेश गरेका थिए।