थाइल्याण्डमा गयो शक्तिशाली भूकम्प

Earthquack
लाेकपाटी न्यूज

थाइल्याण्ड, ५ मंसिर । थाइल्याण्ड र लाओसको सीमा क्षेत्रमा आज बिहान ६.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि सानाठूला गरी १ सय भन्दा बढी पटक परकम्प गएको थाइल्याण्डको मौसम विज्ञान विभागले जनाएको छ।

स्थानीय समयानुसार नोभेम्बर २० तारिखको राती ११ बजेसम्ममा १०० पटकसम्म पराकम्पन भएको बताइएको हो। महानिर्देशक सोम्साकले ६.४ म्याग्नीच्युडको सवै भन्दा ठूलो भूकम्प स्थानीय समयानुसार बिहीबार विहान ६.५० बजे गएको जानकारी दिए।

भूकम्पका कारण त्यस क्षेत्रका बासिन्दा त्रसित भएका अधिकारीहरुले जानकारी दिएका छन् । भूकम्पका कारण विद्यालयहरु बन्द घोषणा गरिएको छ।