काठमाडौं, ५ मंसिर। नवनियुक्त कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले आफूले इमान्दारिताका साथ कृषिमन्त्रीको रुपमा कार्यसम्पादन गर्ने प्रतिबद्धता जनाएका छन्। नवनियुक्त मन्त्री भुसालले लोभ र डरमा काम नगर्ने बताएका बताए।
आज कृषिमन्त्रीको रुपमा पद तथा गोपनियताको सपथ लिएपछि सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै मन्त्री भुसालले भने, ‘म लोभ र डरमा काम गर्दिनँ। म सिक्दै बुझ्दै काम गर्छु। कृषि क्षेत्रमा आधुनिकीकरणको प्रयास गर्छु।’ भुसालले निवर्तमान कृषिमन्त्री खनालसहित सबैको सुझावको आधारमा अघि बढ्ने पनि बताए ।



लाेकपाटी न्यूज

