सुनवलमा प्रादेशिक औद्योगिक व्यापार मेला

sunwal mahotsab
लाेकपाटी न्यूज

रमेश भुषाल\ पश्चिम नवलपरासी, ४ मंसिर । पश्चिम नवलपरासीको सुनवलमा मंसिर ५ देखि प्रादेशिक औद्योगिक व्यापार मेला सरु हुँदै छ। मेलाको उद्घाटन नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गर्ने छन्।

मेला उद्घाटनका लागि भोली बिहान भट्टराई नवलपरासी आउने कार्यक्रम रहेको छ।मेला उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको मेला आयोजक समितिका संयोजक तथा उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्यले जानकारी दिए।

मेला स्थलमा आयोजित पत्रकार भेटघाटका क्रममा कर्माचार्यले मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै मेला पश्चिम नवलपरासीकै आर्कषणको केन्द्र बन्ने दाबी गरे। भोली मेला उद्घाटन अगाडि सुवनल चिनि मिलको सि गेट बाट झाँकीसहितको र्याली निकालिने र झाँकीमा सहभागिरुका लागी पर्सि ६ गते निःशुल्क टिकटको व्यवस्था गरिएको अध्यक्ष कर्माचार्यले जानकारी दिए।

मेलामा सहभागिहरुले सुनवलका पर्यटकीय क्षेत्रहरु महलपोखरी, बाबा बर्दगोरीया लगाएतका पर्यटकीय तथा धार्मिक महत्वका विभिन्न स्थलहरुको अवलोकनका लागि जिप सफारीमार्फत् गर्न सकिने सुनवल उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष लेखनाथ खरेलले जानकारी दिए।

मेलामा डाईनोसर पार्क, विभिन्न जातजातिका घर, हात्ति सफारी, रथ यात्रालगायतका आर्कषण रहेको संघका महासचिव तथा मेला प्रसार प्रचार उपसमितिका संयोजक तेज प्रसाद भण्डारीले जानकारी दिए।

मेलामा १सय ६५ स्टल रहेकोे र ती सबै स्टलहरु बुक भैसकेको समेत आयोजक संस्था उद्योग वाणिज्य संघ सुनवलले जनाएको छ। मेला स्थलको प्रवेशद्धार पे्रमको प्रतिकको रुपमा रहेको पाल्पाको रानिमहल दरबारको स्वरुपमा तयार पारिएको छ।

मेलामा प्रदेश ५ का सबै जिल्लामा उत्पादित कृषिजन्य बस्तुहरु स्वदेशि उद्योगहरुका उत्पादित वस्तुहरु अटोमोवाइल्स, आइटि, निमार्ण सामाग्री जडिबुटि, दैनिक उपभोग्य वस्तुहरु र हस्तकला तथा तयारी पोषाकलगायतका वस्तुहरु प्रदर्शनमा राखिने भएको छ।

त्यस्तै मेलामा स्थानीय तथा राष्ट्रिय कलाकार पशुपति शर्मा, रामजी खाँड, कुलेन्द्र विश्वकर्मा, मेलिना राई, हेमन्त शर्मा, खुमन अधिकारी, प्रकाश सपुत, प्रिति आले, ज्योति मगर, लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ।

यस्तै मेलामा आर्कषणको रुपमा खुल्ला उपमेयर कप पुरुष भलिवल प्रतियोगिता आयोजना गरिएको छ। प्रतियोगितामा प्रथम हुनेलाई नगद एक लाख १० हजार रुपैँया र द्धितिय हुनेलाई ६० हजार रुपैँया प्रदान गरिने छ। साथै मेलामा सहभागि हुन जाने नगर क्षेत्रका बासिन्दाका लागि सवारी साधनमा ३० प्रतिशत छुटको पनि व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्