काठमाडौं, ४ मंसिर। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले हटाउने सात जना मन्त्रीहरुको नाम टुंग्याएको छ। आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकले हटाउने मन्त्रीहरुको नाम टुंग्याएको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट, उद्योगमन्त्री मात्रिका प्रसाद यादव, कृषिमन्त्री चत्रपाणि खनाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, महिला बालबालिकामन्त्री थममाया थापा र कृषि राज्यमन्त्री रामकुमारी चौधरी हट्ने पक्का भएको नेकपाले जनाएको छ।
यस्तै पूर्वमाओवादीका तर्फबाट दुई जना नयाँ मन्त्रीको नाम समेत टुंगो लागिसकेको छ। लेखराज भट्ट र रामेश्वरराय यादव पूर्वमाओवादीबाट नयाँ मन्त्री बन्दैछन्। पूर्व एमालेबाट भने अहिले नयाँ मन्त्रीको टुंगो लाग्न नसकेको नेकपाले जनाएको छ।
यस्तै आजको सचिवालय बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीको एकल कार्यकारी अधिकार दिने निर्णय समेत गरेको छ।



लाेकपाटी न्यूज

