विपद् व्यवस्थापन सम्बन्धी चेतनामुलक कार्यक्रम

लाेकपाटी न्यूज

काठमाडौं, ४ मंसिर। नेपाल चेम्बर अफ कमर्श, इभेन्ट्स भेन्यू एसोसिएसन अफ नेपाल र नेपा जापानले संयुक्तरुपमा मुलुकभर विपद् व्यवस्थापन सम्बन्धी चेतनामुलक कार्यक्रमको काम गर्ने भएका छन्।

इभेन्टस भेन्यु एसोसिएसन अफ नेपाल, नेपाल चेम्बर अफ कमर्स र नेपा जापानले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा संयुक्त रुपमा मुलुकभर विपद व्यवस्थापन सम्बन्धी कार्यक्रम संञ्चालन गर्ने जानकारी गराईएको हो।

सहरीकरणका कारण प्राकृतिक विपद्का बेला जीवनको सुरक्षा गर्न चुनौति बढेकाले उचित शिक्षाको आवश्यकता महसुस गरेर मुलुकभर जनचेतनामुलक कार्यक्रम संञ्चालन गर्न लागेको ती संस्थाका प्रतिनिधिहरुले बताए।

कार्यक्रममा इभेन्ट्स भेन्यू एसोसिएसन अफ नेपालका उपाध्यक्ष शिवभक्त रंजितले आफुहरुले हालै जापानबाट प्राकृतिक विपद्का बेला जीवन रक्षा गर्ने सम्बन्धी तालिम लिएर आएकोले देशभित्र जनचेतना फैलाउने अभियानको सुरुवात गर्ने बताए।

कार्यक्रममा विपद् व्यवस्थापन विज्ञ दिनेश श्रेष्ठले भूकम्प लगायत प्राकृतिक विपतिबाट जोगिने उपायबारे जनचेतना फैलाउने काममा सरकारले ध्यान दिनुपर्ने बताए।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरुले देशभर विपद् व्यवस्थापन सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने कार्यमा आफुहरुको सहयोग रहने बताएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्