काठमाडौं, २ मंसिर। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठनको तयारी गरेसँगै नेकपाका शीर्ष नेताहरु छलफलमा जुटेका छन्।आइतवार बसेको नेकपा सचिवालय बैठकले मन्त्रिमण्डल हेरफेरका लागि प्रधानन्त्री ओलीलाई सहमति दिएसँगै आजै मन्त्रिमण्डल हेरफेरको तयारी रहेको बालुवाटार निकट श्रोतको भनाइ छ ।
प्रधानमन्त्रीले मन्त्रिमण्डल हेरफेरको तयारी गरेसँगै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा नेताहरुले छलफल गरेका छन्। नेकपा नेता माधव कुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, वर्षमान पुनसहितका नेतबीच विहान साढे ८ बजेदेखि १० बजेसम्म भेटवार्ता भएको थियो ।
‘दुई जना पूर्वप्रधानमन्त्रीहरुबीच करिव डेढ घन्टा छलफल भएको थियो’ खुमलटार श्रोतले भन्यो, ‘विभिन्न मन्त्रालयका सचिव र केही मन्त्रीहरुसहितको बैठकमा विकासका विभिन्न मोडलमा छलफल भयो, राजनीतिक घटनाक्रम र मन्त्रिमण्डल हेरफेरका विषयमा पनि कुरा हुने नै भयो नि । ’
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नयाँ मन्त्रीहरुको विषयमा आफू निकट नेताहरुसँग अनौपचारिक छलफल गरेका छन्।



लाेकपाटी न्यूज

