सूर्य छाेडेर टाेपीमा भाेट हाल्दा २ नेताकाे पद चट

Communist Party Nekapa
लाेकपाटी न्यूज

बागलुङ, ३० कात्तिक। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले पार्टीको नीति विपरीत क्रियाकलाप गरेकोभन्दै दुई नेतालाई कारबाही गरेको छ। उपनिर्वाचनको सन्दर्भमा पार्टीको निर्णय र नीति विपरीतका क्रियाकलाप गरेको भन्दै नेताहरू तुल्सीराम अर्याल र ददिराम अर्याललाई कारबाही गरेको हो।

ढोरपाटन नगरपालिका १ का तुल्सीराम अर्याललाई पार्टी सदस्यबाट निलम्बन र ढोरपाटन नगरपालिका २ का दधिराम अर्याललाई पार्टी सदस्यसमेत नरहने गरी निष्कासन गरेको जिल्ला जिल्ला कमिटीले जनाएको छ। नेकपा बागलुङको शुक्रबार बसेको जिल्ला समितिको बैठकले आगामी मंसिर १४ गते हुन् गइरहेको उपनिर्वाचनको सन्दर्भमा गलत हर्कत गरेको भन्दै उनीहरूलाई कारबाही गर्ने निर्णय गरेको थियो।

नेकपा बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले बैठकपछि एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका निर्णय सार्वजनिक गरेका थिए। उपनिर्वाचनमा शेरमान घर्तीको स्वतन्त्र उम्मेदवारी कायम गर्न गरिएका हर्कतहरू, उम्मेदवारी फिर्ता लिने समय टार्नको लागि गरिएका अनुचित गतिविधि र शेरमान घर्तीले पत्रकार सम्मेलन गरी उम्मेदवारी फिर्ता लिएपछि पनि उनले पाएको चुनाव चिह्नलाई दुरुपयोग गरी पार्टीलाई नै असफल गराउन गरिएको गतिविधि पार्टी नीतिविपरीत भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

‘पार्टीको अन्तरिम विधान २०७५ को धारा ५६ ९क० को ९८० बमोजिम गतिविधि भएको ठहर गर्दै उनीहरूलाई निलम्बन र निस्कासन गर्ने निर्णय गरियो’ जिल्ला कमिटी कार्यालय सदस्य लाल थापाले भने ‘पार्टीलाई अनुशासनमा राख्ने प्रयास हो।’ उपनिर्वाचनमा आफ्नो पार्टीको समर्थनमा उम्मेदवार बनेका वाम उम्मेदवार खिमविक्रम शाहीलाई विजय गराउनको लागि सम्पूर्ण पार्टी पंक्तिलाई एकताबद्ध भई लाग्न विज्ञप्तिमार्फत आह्वान गरिएको छ।

निलम्बनमा परेका तुल्सीराम अर्याल नेकपा एमाले र माओवादी केन्द्रको एकता हुनुपूर्व नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार थिए। त्यस्तै, ददिराम अर्याल पनि जिल्ला तहका प्रभावशाली नेताको रूपमा मानिन्थे। पार्टी एकतापछि भने उनीहरू साधारण सदस्य मात्रै रहेको थापाले बताए।