पाकिस्तानी पूर्वप्रधानमन्त्री शरिफको स्वास्थ्य अवस्था नाजुक

nawaj saif
लाेकपाटी न्यूज

एजेन्सी। पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफको उपचारका लागि विदेश जाने प्रयासमा थप जटिलता उत्पन्न भएको छ। स्वास्थ्य अवस्था नाजुक रहेका पूर्वप्रधानमन्त्री शरिफ थप उपचारका लागि बेलायत जान चाहेका छन्।

पाकिस्तानी अदालतले शरिफलाई विदेशमा उपचार गर्न जमानत दिएको थियो। नवाफ शरिफ भ्रष्टाचारको आरोपमा जेलमा रहेका थिए। पाकिस्तान सरकारले यसअघि अदालतको आदेशलाई स्वीकार गर्दै विदेश भ्रमणका लागि प्रतिबन्ध नलगाउने घोषणा गरेको थियो ।

तर, यसै साता प्रधानमन्त्री इमरान खानको सरकारले नवाज शरिफको यात्राका सम्बन्धमा नयाँ शर्त अघि सारेको छ। इमरान सरकारले नवाजले करिव सात अर्ब पाकिस्तानी रुपैया अर्थात् करिब ४ करोड ५० लाख अमेरिकी डलर सरकारी कोषमा जम्मा गर्नुपर्ने पूर्वशर्त राखेको छ ।

सरकारको उक्त आदेशलाई नवाज शरिफको पार्टी पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) ले तत्कालै अस्वीकार गरेको छ। नवाज शरिफका निजी चिकित्सक अदनान खानले शुक्रबार ट्वीट गर्दै पूर्व प्रधानमन्त्री शरिफको स्वास्थ्य अवस्था अत्यन्त नाजूक रहेकाले तत्कालै उपचारको व्यवस्था नभए जेसुकै हुनसक्ने बताएका छन् । एएफपी