काठमाडौं, २९ कात्तिक। अस्थायी टहरामा काठमाडौं महानगरपालिकाले ताला लगाएको छ। काठमाडौंको खुल्लामञ्चस्थित दुईमाजु गुठीमा पसल राख्न बनाइएका टहरामा ताला लगाइएको हो।
पटक-पटक अतिक्रमणको चपेटामा पर्दै आइरहेको खुल्लामञ्चभित्रको दुईमाजु गुठीको जग्गा गुठी संस्थानले अमृता भट्टराईलाई संरक्षण तथा रेखदेखका लागि दिएको थियो। तर भट्टराईले रेखदेख गर्ने बहानामा १७ वटा अस्थायी टहरा बनाइ गुठी परिसरलाई व्यापारिक केन्द्र बनाएसँगै स्थानीय तथा सम्पदा अभियान्ताले विरोध गरेका थिए। त्यससँगै गुठी संस्थानले उक्त सम्झौता भंग गरिसकेको छ।
महानगरपालिकाकी उपप्रमूख हरिप्रभा खड्गीका अनुसार महानगरले दुईमाजु परिसरलाई व्यापारीक केन्द्र नबनाउन यसअघि पनि सुझाव दिइसकेको थियो। खड्गीले विभिन्न बहानामा टुँडिखेलका जग्गाहरु अतिक्रमणको चपेटामा परिरहेको बताइन्।



लाेकपाटी न्यूज

