हरेक महिना कुमारीत्व परीक्षण गराउँछन् यी गायक

Josef
छोरीका साथमा अमेरिकी र्यापर तथा अभिनेता जोसेफ
लाेकपाटी न्यूज

काठमाडौं, २९ कात्तिक। टीआई उपनामले चर्चित अमेरिकी र्‍यापर तथा अभिनेता जोसेफ ह्यारिस जुनियर यतिबेला विवादमा तानिएका छन्।

विवादका कारण उनकी छोरीको कुमारीत्व हो। समचारअनुसार टीआईले आफ्नी १८ वर्ष पुगिसकेकी छोरी डेजाह ह्यारिसलाई सदैव कुमारीत्वकै अवस्थामा राख्न हरेक वर्षजसो कुमारीत्व परीक्षण गराउँदै आएका छन्।

टीआईका अनुसार उनी आफ्नी छोरीको कुमारीत्वका विषयमा निकै संवेदनशील छन्। उनको मान्यता छ, विवाहअघि उनकी छोरीले कुमारीत्व गुमाउनु हुँदैन।

उनकी छोरी कलेज जान थालेपछि यौनसँग सम्बन्धित विषयमा चर्चा गर्न थालेकी थिइन्। छोरीको यस्तो गतिविधिबाट झस्किएका टीआईले अहिले महिनेपिच्छे छोरीको कुमारीत्व परीक्षण गराउन थालेका छन्। यो खबर आजको शुक्रबार साप्ताहिकले छापेको छ।

यता चिकित्सकहरूले उनको यस्तो व्यवहारबाट दिक्क हुँदै उनलाई भने, ‘कुनै पनि युवतीको भर्जिनिटी यौन सम्बन्धकै कारण मात्र नष्ट हुँदैन, त्यसका पछाडि अन्य थुप्रै कारण हुन्छ। यद्यपि टीआई भने आफ्नो अडानबाट पछि हटेका छैनन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्