जाजरकोटमा हेलिकप्टरबाट गर्भवतीको उद्धार

प्रतिनिधि फोटो
रासस न्यूज

जाजरकोट, २८ कात्तिक। जाजरकोटको छेडागाड नगरपालिका ९ की ४७ वर्षीय पाना कामीको उद्धार गरिएको छ। यही कात्तिक २५ गते सुत्केरी हुने मिति चिकित्सकले दिएको भए पनि बुधबारसम्म सुत्केरी हुन नसकेपछि ४७ वर्षीय कामीको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत लगिएको छ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय एकाइको आर्थिक सहयोग र छेडागाड नगरपालिकाको समन्वयमा कामीको बुधबार बेलुका उद्धार गरिएको प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्