काठमाडौं, २८ कात्तिक। पुरानो जहाज बोइङ ७५७–२०० बेच्न राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले तेस्रोपटक बेलपत्र आह्वान गरेको छ। निगमले आल ग्राउन्डेड अवस्थामा रहेको उक्त विमान बिक्री गर्न आकर्षक छुटसहित तेस्रोपटक सूचना प्रकाशन गरेको हो।
निगमले यसपटक सुरुको तुलनामा ३९ करोड रुपैयाँ कम मूल्य तोकेको छ। यसअघि निगमले सो विमान ८७ करोड ५१ लाख रुपैयाँमा बेच्ने भन्दै मूल्य तोकेको थियो। यो समाचार आजको नागरिक दैनिकमा मिनराज भण्डारीले लेखेका छन्।



लाेकपाटी न्यूज

