काठमाडौं, १८ कात्तिक । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले केन्द्र सरकारले प्रदेशलाई संविधानबमोजिमका अधिकार दिई विकास र समृद्धिमा सहयोग लिनुपर्नेमा जोड दिएका छन् ।
सो पार्टीको काठमाडौँ क्षेत्र नं १ ले दशैं, तिहार, नेपाल संवत् ११३९, छठलगायत पर्वका उपलक्ष्यमा आइतबार मध्यबानेश्वरमा आयोजना गरेको चियापान कार्यक्रममा उनले सम्बन्धित कानूनको अभावमा सङ्घ र प्रदेशबीच उचित समन्वय नभएको बताएका हुन् ।


लाेकपाटी न्यूज

