काठमाडौं, १८ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अधिकारकर्मी पद्यरत्न तुलाधरको निधनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।
मानवअधिकारकर्मी एवम् नागरिक आन्दोलनका अगुवा पद्यरत्न तुलाधरको निधनले आफू अत्यन्तै मर्माहत भएको बताउँदै प्रचण्डले भने, ‘पञ्चायत विरोधी आन्दोलन, लोकतान्त्रिक आन्दोलन हुँदै शान्तिप्रक्रिया र संविधान निर्माणमा उहाँले खेल्नुभएको भूमिका सदा स्मरणीय छ ।’
उनले पहिचान र संघीयताका पक्षधर वाम बुद्धिजीवी दिवंगत तुलाधरप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजन र आफन्तजनमा गहिरो समवेदना गरेका छन् ।
तुलाधरको आइतबार दिउँसो एक बजे नर्भिक अस्पतालमा निधन भएको थियो ।



लाेकपाटी न्यूज

