काभ्रेपलाञ्चोक, २५ कात्तिक। काभ्रेको बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको बस दुर्घटनाग्रस्त भएको छ। आज काभ्रेको नमोवुद्ध नगरपालिका वडा नम्बर २ मा बनेपाबाट भकुण्डेबेसी तर्फ जाँदै गरेको बा ४ ख ३३१९ नम्वरको बस दुर्घटनामा परेको हो ।
बस दुर्घटनामा २५ यात्रु घाइते भएको जनाइएको छ। घाइते यात्रुको धुलिखेल अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।



लाेकपाटी न्यूज
