काठमाडौं, २५ कात्तिक। पार्टी एकता भएको झण्डै १७ महिनापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना केन्द्रीय निकायहरुको नेतृत्व चयन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले केन्द्रीय निकायहरुको नेतृत्व चयन गरेको हो।
बैठकले केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहरा र सचिवमा अशोक रोकायालाई जिम्मेवारी दिने निर्णय गरेको छ। यसै गरी केन्द्रीय निर्वाचन आयोगको अध्यक्ष विष्णुपुकार श्रेष्ठ र सचिवमा माधव पौडेल चयन भएका छन्।
यता सल्लाहकार कमिटिको अध्यक्षको जिम्मेवारी केशव बडालले पाउँदा सचिव नन्दकुमार प्यासी बनेका छन्। लेखा परीक्षणको अध्यक्ष पुष्प कँडेल, सचिवमा टेकनाथ आचार्य र जेष्ठ कम्युनिस्ट मञ्चको अध्यक्ष नन्दकुमार प्रसाइ र
सचिवमा गोविन्द ज्ञवाली छानिएका छन्।
प्रवास समितिको भने टुंगो लागेको छैन। पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा पार्टी एकीकरणका कामलाई निष्कर्षमा पुग्ने गरी छलफल भएको बताए। बैठकमा मन्त्रिपरिषद् हेरफेरबारे छलफल नभएको उनले बताए। यसैगरी सीमा विवादबारे राजदूतसँग कुरा भइसकेकोले थप छलफल नभएको उनले इंगित गरे।



लाेकपाटी न्यूज

