मोबाइलको प्रयोगले हुनसक्छ क्यान्सर, कसरी जोगिने ?

mobile-wave
लाेकपाटी न्यूज

एजेन्सी। मोबाइल फोन अहिले सबैका हातमा छ्यापछ्याप्ती देखिन्छ। आजकल मोबाइल फोनको प्रयोग जीवनको अभिन्न अंग बनेको छ। आधुनिक दुनियाँमा कसैले मोबाइल फोन बोक्दैन भने त्यो आफैमा आश्चर्य बन्न थालेको छ।

मानिसहरु हातमा दुई तीनवटा फोन बोकेका देखिन्छन्, जसमा उनीहरु घण्टौसम्म कुरा गर्छन्। तर, मोबाइल फोनको अत्यधिक प्रयोगले मानिसको स्वास्थ्यमा नकरात्मक असर गर्ने वैज्ञानिकहरुले पत्ता लगाएका छन्।

मोबाइल फोनबाट निस्कने रेडियोधर्मीहरुले मानिसलाई असर गर्ने बारे तपाईले पनि सुन्नु भएको होला ? यसबारेमा वैज्ञानिकहरुले पहिलेदेखीनै खोज गर्दै आएका छन्।

फोनबाट निस्कने यस्ता विकीरणहरुले ट्युमर, क्यान्सरजस्ता रोगहरु लाग्ने खतरा हुने बारेमा रिपोर्टहरु बेलाबेलामा सार्वजनिक हुने गरेका छन्। अमेरिकन क्यान्सर सोसाइटीले यस्ता रेडियोधर्मीहरुबाट शरीरमा क्यान्सर हुने या नहुने विषयमा खोज गरिरहेको छ।

सोसाइटीका अनुसार मोबाइल फोनबाट निस्कने यस्ता धर्मीहरुले मान्छेको शरीरको डिएनएमा खासै परिवर्तन ल्याउन नसकेपछि शरीरमा कसरी क्यान्सर पैदा गर्छ भन्ने विषयमा भने प्रस्ट भइसकेको छैन।

मोबाइलबाट रेडियो फ्रिक्वेन्सी उत्पादन हुन्छ। यिनीहरु अल्ट्राभाइलेन्ट र एक्स–रे तरङ्गको तुलानामा कम शक्तिशाली हुन्छन्। एक्स–रे र अल्ट्राभाइलेन्ट तरङ्गहरुले मानिसको शरीरका कोषहरुमा पाइने डिएनएको रसायनिक बन्डलाई भत्काउने क्षमता राख्छन्। मोबाइलबाट उत्पादन हुने तरङ्गहरु आओनाइज हुँदैनन्।

फोनहरुबाट निस्कने रेडियोधर्मीहरुको स्पेस्फिक एब्जर्बसन रेट अर्थात् एसएआरको मापदण्ड तय गरिएको हुन्छ। मोबाइल बढी तात्दा, धेरैबेर प्रयोग गर्दा एसएआर लेभल बढेको देखिन्छ। एसएआर लेभलको जानकारी मोबाइल निर्माण कम्पनीले सम्बन्धित देशलाई जानकारी गराउनुपर्ने हुन्छ।

जर्मन फेडरल अफिस फर डाटा प्रोटेक्सनले नयाँ र पुरानो स्मार्टफोनहरुबाट निस्कने रेडियोधर्मीहरुको बारेमा जानकारी दिएको थियो।

जसमा सबैभन्दा बढी रेडिएसन दिनेहरुमा वन प्लस, हुवाइ तथा नोकियाको लुमिया रहेका छन्। यस्तै, आइफोन–७ (१०औँ), आईफोन–८ (बाह्रौँ), आइफोन–७ प्लस (१५औँ) स्थानमा थियो। सोनीको एक्सपीपीया एक्स जेड कम्प्याक्ट ११औँ, जेटटीआइ एक्सन–७ मिनी (१३औँ), ब्लाकबेरी डिटिइके–६० (१४औँ) रहेको प्रतिवेदनमा उल्लेख थियो।

मोबाइलबाट निस्कने रेडियोधर्मीसम्बन्धी हालसम्म कुनै मापदण्ड भेटिएका छैनन्। एसएआर लेभल कति हुँदा सुरक्षित हुन्छ भन्ने पनि तथ्य पत्ता नलागेको बीबीसीले उल्लेख गरेको छ।

जर्मनीमा मोबाइल फोनको एब्जर्बसन लेभल ०.६० भन्दा कम भएकाहरुलाई मात्र मान्यता दिइन्छ। सबैभन्दा कम रेडिएसन दिने फोनहरुमा सोनी एक्सपेरिया एम–५को एब्जर्बसन लेभल ०.१४, साम्सुङ ग्यालेक्सी नोट–८को ०.१७, एस सिक्स एज प्लसको ०.२२, गुगल प्लस एकसेलको ०.२५, साम्सुङ ग्यालेक्सी एस–८को ०.२६ र एस ७ एजको ०.२६ रहेको पाइएको छ।

आफूले प्रयोग गरेको मोबाइल फोनको एब्जर्बसन लेभल थाहा पाउन आफ्नो फोन मोडलको म्यानुअल हेर्न सकिन्छ। यस अलवा फोनको वेबसाइट अर्थात् फेडेरल कम्युनिकेसन्स कमिसन फर यूनाइटेड स्टेट्सको वेभसाइटमा पनि हेर्न सकिन्छ।

रेडियो फ्रिक्वेन्सी सबैभन्दा बढी फोनको एन्टिनामा हुने गर्छ। त्यसैले फोन जति नजिक राखिन्छ त्यति नै फ्रिक्वेन्सीले हामीलाई क्षति गरिरहेको हुन्छ। धेरै बेरसम्म फोन प्रयोग गर्ने, मोबाइल टावर र फोनबीचको दूरी, मोबाइल फोन सिग्नल/ट्राफिकले पनि रेडियो फ्रिक्वेन्सी मा असर पुर्‍याइरहेको हुन्छ।

बढी फ्रिक्वेन्सीबाट बच्नका लागि फोनमा बोल्दा ह्याण्ड स्फ्री मोडमा चलाउने, धेरै बेरसम्म कुराकानी गर्नुको सट्टा म्यासेज गर्ने, कम एसएआर लेभल भएका फोनहरु प्रयोग गर्नु लाभदायिक हुने विज्ञहरु बताउँछन्।

कसरी प्रयोग गर्ने ?

  • मोबाइलको प्रयोगलाई व्यवस्थित र सुरक्षित बनाउने।
  • गुणस्तरयुक्त मोबाइल प्रयोग गर्ने।
  • अत्यावश्यक भए मात्र मोबाइल प्रयोग गर्ने।
  • कुराकानीभन्दा एसएमएसबाट काम चलाउने
  • सकेसम्म ल्यान्डलाइन फोनको प्रयोग गर्ने।
  • बढी समय खप्ने ब्याट्री प्रयोग गर्ने।
  • ब्लुटुथ, वायरलेसजस्ता डिभाइसको प्रयोग नगर्ने।
  • मोबाइल खल्तीमा भन्दा ब्याग वा मेचमा राख्ने।
  • खल्तीमा राख्नुपरे छातीको देव्रेतिर नराख्ने।
  • पाइन्टको पछाडितिर राख्ने।
  • सुत्दा सिरानीतिर नराख्ने।
  • मोबाइलको प्रयोग एउटै कानबाट मात्र नगर्ने।
  • देब्रे कानको प्रयोग बढी गर्ने।
  • १४ वर्ष मुनिका बच्चालाई मोबाइलदेखि टाढै राख्ने।
  • मोबाइल बिक्रीवितरणमा उमेरको मापदण्ड हुनु आवश्यक छ।
  • ३० सेन्टिमिटर टाढा राखेर मोबाइलमा कुराकानी गर्ने।