दुर्घटनामा नेता शाहीको ज्यान गयो

accident
लाेकपाटी न्यूज

बाँके, २३ कात्तिक। बाँकेको राप्तीसोनारी गाउँपालिका २ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा घाइते विद्यार्थी नेता पदमबहादुर शाहीको मृत्यु भएको छ। मोटरसाइकल चालक विद्यार्थी नेता कनकासुन्दरी गाउँपालिका ५ जुम्लाका पदमबहादुर शाहीको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका निरीक्षक पविन्द्रकुमार बमले जानकारी दिए।

उनका अनुसार अनेरास्ववियुका केन्द्रीय सदस्य शाहीले चलाएको बा ५८ प २१८६ नं. को मोटरसाइकल बिहीबार राति बा १९ च १२१४ नं को कारसँग बाँकेको राप्ती सोनारी गाउँपालिका २ शम्शेरगञ्ज नजिक एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार शाहीसहित दुई जना घाइते भएका थिए। मोटरसाइकलको पछाडी सवार नवीना शाहीको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ।

कोहलपुरदेखि शम्शेरगञ्जतर्फ जाँदै गरेको अटोरिक्सालाई गएराति ट्रकले ठक्कर दिँदा अटोरिक्सा चालक गम्भीर घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमूख प्रहरी निरीक्षक बमका अनुसार, ट्रकको ठक्करबाट राप्तीसोनारी ८ की धनसरा बुढा घाइते भएकी छिन्। घाइतेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्