पश्चिम नवलपरासी, २३ कात्तिक। पश्चिम नवलपरासीको सुनवलबाट जवजस्ती करणी गरेर फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । फरार अभियुक्त सुनवल नगरपालिका वडा नम्बर ९ का नागु राय भन्ने जिराज राय रहेको प्रहरीले जनाएको छ।
फरार अभियुक्त रायले यहि कार्तिक १० गते सुनवल वडा नम्बर ९ कै युवतिलाई जवरजस्ती करणी गरी फरार भएका थिए। फरार अभियुक्तलाई इलाका प्रहरी कार्यालय सुनवलको प्रहरी टोलिले वडा नम्वर ९ बाटै पक्राउ गर्न सफल भएको हो।
पक्राउ पश्चात अभियुक्त रायको जवरजस्ती करणी मुद्धा अन्तर्गत आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक विरेन्द्र थापाले जानकारी दिए।



लाेकपाटी न्यूज

