काठमाडौं । अब पति वा पत्नीले जेलभित्रै यौनसुख पाउने भएका छन्। सन्तान सुखबाट समेत कारागारमा रहेकाहरुले वञ्चित हुनुनपर्ने नयाँ व्यवस्था लागू हुन लागेको हो।
बाहिर रहेकी पत्नी जेलमा गएर पत्नीसँग बस्न पाउने, बाहिर रहेका पतिलाई कैदी पत्नीलाई भेट्न नछेकिने र कारागार परिसरभित्रै उनिहरुले यौनसम्पर्क राख्न पाउने गरी सरकारले नयाँ कारागार ऐन संशोधन विधेयक तयार पारेको छ।
संसदको आउँदो हिउँदे अधिवेशनमा ‘कारागार ऐन २०१९ संशोधन र एकिकरण गर्न बनेको ऐन’ पेस गरिँदै छ। यस्तो व्यवस्था लागू भएमा गर्भवती महिला कैदीले ६० दिनसम्म बिदा मनाउन पाउनेछन्। -कान्तिपुरबाट



लाेकपाटी न्यूज

