सरकारले गर्‍यो प्रदेश प्रमूखको सिफारिस, कुन प्रदेशमा को ?

लाेकपाटी न्यूज

काठमाडाैं, १८ कात्तिक। सरकारले सातै प्रदेशका प्रमूख नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ।आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले सात प्रदेश प्रमूखलाई बर्खास्त गरेपछि सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सातै प्रदेशका लागि प्रदेश प्रमूख सिफारिस गरेको हो।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सिफारिस गरेका सात जनालाई नै सरकारले सिफारिस गरेको हो। मन्त्रिपरिषदले सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १, तिलक परियारलाई प्रदेश २, विष्णु प्रसाईं प्रदेश ३ को प्रमूखमा सिफारिस गरेको छ। त्यस्तै मन्त्रिपरिषदले गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र प्रदेश ७ मा शर्मिला त्रिपाठीको नाम सिफारिस गरेको छ।

यसअघि सत्तारुढ दल नेकपाको सचिवालय बैठकले सातै प्रदेश प्रमूखका लागि उनीहरुको नाम सिफारिस गरेको थियो । सरकारको सिफारिसलाई राष्ट्रपतिले नियुक्त गरेपछि संघीय कानून बमोजिम राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम सातै प्रदेशका प्रदेश प्रमुखलाई आइतबार पदमुक्त गरेकी थिइन् । सो उपदफामा निजको पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले निजलाई पदमुक्त गरेमा प्रदेश प्रमूख पद रिक्त हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्