अदालतमा उपस्थित भइन् राेशनी

लाेकपाटी न्यूज

काठमाडाैं, १८ कात्तिक। तात्कालिन सभामूख कृष्ण बहादुर महरामाथि बलात्कार आरोप लगाउने ‘पीडित महिला’ राेशनी शाही पनि अदालतमा उपस्थित भएकी छन् । संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारीले महरामाथि बलात्कारकाे आरोप लगाएकी थिइन् ।

प्रहरीले उनकै ‘उजुरी’का आधारमा महरामाथि अनुसन्धान अगाडि बढाएको थियो ।महरामाथि झन्डै १ महिनाको अनुसन्धान पछि बिहीबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले महराविरुद्ध जबरजस्ती करणी उद्योग र पदीय ओहोदाको दुरुपयोग गरी कसुर गरेको अभियोगमा साढे ७ वर्ष कैद सजाय मागदाबी गरेको छ । अहिले काठमाडौं जिल्ला अदालतमा महरामाथि थुनछेक बहस चलिरहेको छ ।

थुनछेक बहसकै क्रममा महरा पक्षका कानून व्यवसायीहरुले पीडितलाई समेत अदालतमा उपस्थित गराउनुपर्ने जीकिर गरेपछि उनलाई अदालतमा उपस्थित गराइएको जनाइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्