काठमाडौं, १८ कात्तिक। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले सातवटा प्रदेश प्रमूखका नाम एकलौटी सिफारिस गरेको भन्दै असन्तुष्टि जनाएका छन्।
नेता नेपालले विश्वकान्त मैनाली, रघुजी पन्त, बेदुराम भुसाल, श्रीमाया थकालीको नाम अघि सारेका थिए। नेता नेपालले आज बसेको नेकपा सचिवालय बैठकमा अध्यक्षद्धयले सिफारिस गरेका नाम एकपक्षीय भएको भन्दै असहमति जनाएका हुन्।
नेता नेपालले आफ्नो तर्फबाट सिफारिस गरेका कुनै पनि नाम प्रदेश प्रमूखमा नपरेको भन्दै उनी सचिवालय बैठक चलिरहँदा बीचैमा उठेर हिँडेका थिए ।



लाेकपाटी न्यूज

