नयाँदिल्लीमा अत्याधिक वायु प्रदुषण, लाखौं जनता मारमा

delhi pic
लाेकपाटी न्यूज

काठमाडौं, १८ कात्तिक। भारतको वायु प्रदुषण उच्च विन्दुमा पुगेको छ। केही दिनदेखि प्रदुषणका कारण धुम्मिएको आकाश अझै खुल्न नसकेकोले त्यहाँको जनजीवन अस्तब्यस्त बनेको छ ।

नयाँदिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले भारतको उत्तरी क्षेत्र बढी प्रभावित भएका भन्दै हावाको गुणस्तर खतरनाक स्थितिमा पुगेको बताएका छन् । जसका कारण हजारौं मानिस बिरामी पर्न सक्ने औंल्याइएको छ।

यसैबीच भारतका अधिकांश नागरिकलाई बिना काममा घरबाट बाहिर नन्स्किन अपील गरिएको छ । प्रदुषणकै कारण बन्द रहेका विद्यालय र कलेजहरु अहिलेसम्म खुल्न सकेका छैनन् ।

हवाई उडानहरु अवरुद्ध हुँदा हजारौं यात्रुहरु अलपत्र परेका छन्। यसैबीच नयाँदिल्लीलगायत अन्य क्षेत्रमा लाखौं मास्क बितरण गरिएको छ । भारतमा वर्षेनी वायू प्रदुषणका कारण लाखौं जनता मारमा पर्ने गरेका छन् । (एजेन्सी)