नयाँदिल्ली, १६ कात्तिक। जर्मन चान्सलर एन्जेला मर्केल अहिले भारतको भ्रमणमा रहेकी छिन्। शुक्रबार दुई दिने भ्रमणका लागि भारत आएकी मर्केलले कश्मिरको विषयमा आफ्नो धारणा राखेकी छिन्।
कश्मिरमा भइरहेको अवस्थालाई उनले चिन्ताजनक मात्र बताएकी छैनन्, यो अवस्था लामो समय रहन नहुने पनि बताएकी छिन्। तर, जर्मन र भारतबीच भएको द्विपक्षीय बैठकमा भने यो विषयमा कुनै कुरा उठेन।
उता, जर्मनीका मिडियाले मर्केलले बताएको भन्दै लेखेका छन्, ‘आज कश्मिरमा जुन अवस्था छ, त्यो लामो समय रहिरहन्छ भन्ने मलाई लागेको छैन ।’ भारत भ्रमणमा रहेकी मर्केल र मोदीबीच गोप्य बैठक पनि भएको भारतीय मिडियाले लेखेका छन्।



लाेकपाटी न्यूज

